काठमाडौं- प्रदेश २ मा आज सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब ७३ प्रतिशत मत खसेको छ।
बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म भएको मतदानमा करिब ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगका आयुक्त इला शर्माले जनाएकी छिन्।
प्रदेश नम्बर २ का ८ जिल्लामा १ महानगरपालिका ७ उपमहानगरपालिका ७३ नगरपालिका र ५३ गाउँपालिका गरी १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न निर्वाचन भएको हो।
निर्वाचनमा सहभागीका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता योग्य थिए। शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ।
मतपेटिका मतगणनास्थल तर्फ लैजाने काम सुरु भएको छ। आजै सर्वदलीय बैठक बसेर सम्भव भएका ठाउँमा मतगणना सुरु गरिने अायोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।