जेरूसेलम- इजरायलमा केही दिन पहिले भएको निर्वाचनको परिणामबाट कुनै पनि पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसकेपछि सरकार गठनका विषयमा देखिएको राजनीतिक गतिरोधबीच यहाँका सांसदहरूले बिहीबार संसद् सदस्यका रूपमा सपथ ग्रहण गरेका छन्।
निर्वाचनमा सत्तारूढ लिकुद पार्टीले निर्वाचनमा अनपेक्षित हार बेहोरेको थियो। संसद्मा १ सय २० सदस्यका लागि सेप्टेम्बर १७ मा भएको निर्वाचनमा लिकुदले ३१ सिट मात्र जित्न सफल भएको थियो।
त्यस्तै निर्वाचनमा विपक्षी दलका नेता बेन्नी गान्जको ‘ब्लु एन्ड ह्वाइट अलाएन्स’ ३३ सीटका साथ अग्रस्थानमा उभिएको छ। अन्य स्थान स्वतन्त्र तथा क्षेत्रीय दलहरूले जितेपछि सरकार गठनका लागि स्पष्ट समीकरण बन्न सकिरहेको छैन।
सरकार गठनका लागि स्पष्ट बहुमत कुनै दलले पनि नपाएपछि राष्ट्रपति रेउभिन रिभ्लिनले काम चलाउ प्रधानमन्त्री नेतन्याहु र विपक्षी दलका नेता गान्जलाई संयुक्त सरकार बनाएर राजनीतिक गतिरोधलाई अन्त्य गर्न आग्रह गरेका थिए। तर, सरकारको नेतृत्वको विषयमा सहमति निस्कन नसकेपछि नयाँ सरकार गठन हुने विषय टुङ्गो लाग्न सकेको छैन। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।