काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियसिप अन्तर्गत हङकङविरुद्ध खेलको तयारीका लागि नेपाली टिम अहिले भारतको चेन्नई छ।
डब्लुसिएलकै लागि सोमबार नेपाली प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले १४ सदस्यीय अन्तिम टिम घोषणा गरेको छ।
यो पनि पढ्नोस्ः हङकङसँग खेल्ने नेपाली टिमको घोषणा, सुशील र ललित पहिलो पटक टिममा
भारतमा रहँदा नेपालले चार अभ्यास खेल खेल्नेछ। नेपाली टिमका टेक्निकल विश्लेषक रमन शिवाकोटीका अनुसार नेपालले मंगलबार पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले पहिलो अभ्यास खेल डिन्डिगुल ड्रागनसँग खेल्न लागेको हो। ड्रागन तामिलनाडु प्रिमियर लिगमा खेल्ने टिम हो।
अभ्यास खेलअघि नेपालले सोमबार नेट अभ्यास गरेको छ । तस्बिरमा हेर्नुस् नेपाली टिमको नेट सेसन–
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।