काठमाडौं- धनुषाको जलेश्वर नगरपालिका–२ खैरा चोकमा लुकाई छिपाई ल्याएको १० केजी ९ सय ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारत बिहार हनुमानजी नगर–१ बस्ने २५ वर्षीय सिताराम साहुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जनकपुरबाट भिठ्ठामोडतर्फ जाँदै गरेको ज १२ प ७३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साहुको साथमा राखेको २ केजी ४ सय ग्राम तथा मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई राखेको ८ केजी ५ सय ग्राम गरी उक्त परिणामको चाँदी फेला पारेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।