काठमाडौं- नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित विभिन्न सेवाहरु दशैँको लामो छुट्टीमा पनि निरन्तर रहने जानकारी दिइएको छ।
कुनै विपद्का घटनाहरु आइपरेमा केन्द्रीय स्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहने छ भने स्ट्यान्डबाई टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं छन्।
यस्तै केन्द्रीय कार्यालयमा अवस्थित रक्तसञ्चार सेवा पनि सुचारु हुनेछ।
शनिबारबाहेक हरेक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको नेपाल रेडक्रसको निशुल्क हटलाइन सेवा ११३० महाअष्टमीदेखि एकादशी (असोज १९ गते देखि २२ गते सम्म ) नेपाल टेलिकमका ग्राहकको लागि बन्द रहने रहेपनि एनसेलबाट आउने कलहरुका लागि भने यो सेवा बिदाका ती दिनहरुमा पनि नियमित रहने व्यवस्था मिलाइएको छ।
दशैँको लामो छुट्टीमा पनि रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा हटलाइन ११३० मा एनसेलका मोबाइल फोनबाट निशुल्क फोन गर्न र सेवा लिन सकिने व्यवस्था गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।