लागुऔषधविरुद्ध झिलझिलेमा कभवेभ ब्यान्डको कन्सर्ट हुने 

नेपाल लाइभ | २०७६ असोज १७ शुक्रबार | Friday, October 04, 2019 १९:३५:०० मा प्रकाशित

काठमाडौं– ‘से नो टु ड्रग्स’ मुल नाराका साथ भापाको झिलझिलेमा वृहत सांगितिक कन्सर्टको आयोजना हुने भएको छ। समाजसेवी क्लबको आयोजनामा आगामी कार्तिक ८ गते तिहारको अवसर पारेर कन्सर्ट आयोजना हुने भएको हो । 

शुक्रवारमा झिलझिलेमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले कन्सर्टबारे जानकारी दिएको हो। लागुऔषध दुव्र्यसन न्युनिकण अभियान संचालनमा सहयोगार्थ कन्सर्ट आयोजना गर्ने निर्णय गरिएको प्रेस मिटमा कार्यक्रम संयोजक दिपेन लिम्वुले जानकारी दिए।

प्रत्येक वर्ष झिलझिलेमा यसरी कन्सर्ट आयोजना हुँदै आएको छ। यो सांगितिक कार्यक्रमको ११ औ संस्करण हो। शिवसताक्षीमा नगरमा आयोजना हुने यो कन्सर्टले यही नगरमा अवस्थित सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको पर्यटन पवद्र्धनमा समेत सघाउ पु-याउने आयोजकको विश्वास छ। 

‘कन्सर्टबाट संकलित गरेको रकमले लागुऔषधविरुद्धको अभियानमा खर्च गर्ने लक्ष्य छ,’ आयोजक समितिका ब्रिजेश गिरीले नेपाललाइभसँग भने। 

कन्सर्टमा नेपालको लोकप्रिय ब्यान्ड कभवेभ, धरानको आउटसाइडर ब्यान्ड र स्थानिय दि लिजार्ड ब्यान्डले प्रस्तुति दिनेछन्। कन्सर्टमा कभवेभ ब्यान्डले आफ्ना हिट गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाउनेछ।