काठमाडौं- चालु आर्थिक वर्षको पहिलो २ महिनामा १६ हजार १७० लिटर छ्याङ आयात भएको छ। दक्षिण कोरियाबाट नेपालीहरुले छ्याङ आयात गरेका हुन्।
भन्सार विभागको तथ्यांकअनुसार दक्षिण कोरियाबाट २६ लाख ७६ हजार रुपैयाँको छ्याङ आयात भएको छ। छ्याङ आयातबाट सरकारले २१ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
दक्षिण कोरियाली ब्राण्डको पेय पदार्थ नेपालमा उपभोगका लागि आयात हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।