आज महानवमी, यस्तो छ पूजा विधि

नेपाल लाइभ | २०७६ असोज २० सोमबार | Monday, October 07, 2019 ०६:००:०० मा प्रकाशित

वडादशैंको नवौं दिन शुक्रबार महानवमी मनाइँदैछ। महानवमीका दिन शिद्धिरात्री भगवतीको पूजाआराधना गरिन्छ।

दशैंको नवौं दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूआदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।

काठमाडौंको  तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ ।