दुई महिनामै भित्रियो ११ लाख भन्दा बढी मोबाइल 

नेपाल लाइभ | २०७६ असोज १९ आइतबार | Sunday, October 06, 2019 १०:१२:०० मा प्रकाशित

काठमाडौं- चालू आवको पहिलो दुई महिनामा ११ लाख भन्दा बढी मोबाइल सेट विश्वका विभिन्न देशबाट नेपाल भित्रिएको छ।

भन्सार विभागमा अनुसार चालू आव २०७६/०७७ को पहिलो  दुई महिना साउन  र भदौमा मात्रै ११ लाख ४ हजार ५ स्सय १७ सेट मोबाइल नेपाल भित्रिएको छ।

यसरी भएका मोबाइल आयातमा मात्रै नेपालबाट ५ अर्ब १० करोड ४६ लाख ३६ हजार रुपैयाँ बाहिरिएको छ। जसबाट सरकारले ८० करोड ८१ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ।

कुन देशबाट कति? 
नेपालले यूएईबाट ४ वटा, अष्ट्रेलियाबाट ५ वटा, बहराइनबाट २ वटा, चीनबाट ८ लाख २ हजार ४० वटा, डेनमार्कबाट १, स्पेनबाट २ र बेलायतबाट ९ वटा मोबाइल भित्रिएको छ।

यसैगरी भारतबाट २ लाख ७६ हजार ३ सय ९८, जापानबाट २ सय २, साउद कोरियाबाट ६९, कुवेतबाट १, मंगोलियाबाट १, मलेसयाबाट ३, न्युजिल्यान्डबाट १, साउदी अरब २, थाइल्यान्ड ३, अमेरिका १३ र भियतनामबाट २५ हजार ७ सय ५६ थान मोबाइल सेट नेपाल भित्रिएको छ।