काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नजिकिदै जाँदा काठमाडौं सिंगार्ने काम सुरु भएको छ।
धुवाँ, धुलो र हिलोलेको उपमा पाएको काठमाडौंलाई यतिबेला रातारात चम्किलो र सफासुग्घर बनाउने काम भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको तिनकुनेको पार्कसँगै उपकत्यकाका सडक, पुल, भित्ता सजाउने काम सुरु भएको छ।
सरकारले काठमाडौं महानगरपालिका लगायत सरोकारवाला निकायको सहयोग र सहकार्यमा सडक सफा बनाउन थालेको छ।
सबै तस्बिर : सौरभ रानाभाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।