काठमाडौँ — ससद सचिवालयका कर्मचारीलाइ याैन दुरचार गरेकाे अभियाेगमा अनुसन्धानका लागि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ हिरासतमै अक्सिजन दिइएकाे छ ।
‘उहाँको स्वास्थ्यमा केही समस्या देखिएको छ, हिरासतमै राखेर अक्सिजन दिइएको छ’ सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराबारे जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले भने, ‘अब प्रक्रियागत रुपमा अनुसन्धान अगाडि बढ्छ।’
आफ्नै कर्मचारीलाई बलात्कार प्रयासको आरोप खेपिरहेका पूर्व सभामुख महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो। प्रहरीका अनुसार उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराइपछि उनमा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ।
दसैं बिदाका कारण सरकारी वकिलको कार्यालय बन्द रहेकोले महरालाई दसैंपछि मात्र बयान लिने काम हुनेछ। यो बीचमा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भने गरिरहेको हुनेछ।
आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेको थियो।
संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी जसले महरालाई आरोप लगाएकी थिइन्, उनले शुक्रबार राती महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो।
गत आइतबार राति महराले ती कर्मचारीलाई उनकै कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरीमा उल्लेख गरिएको छ।
पक्राउपछि महरा सिंहदरबारस्थिति बैद्यखाना प्रहरीवृत्तमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।