काठमाडाैं- चीनका राष्ट्रपति शी जिनपिङ्ग नेपाल र भारतको भ्रमण आउनु अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा पुगेका छन्।
इमरान खान सोमबार चीनको तीन दिने भ्रमणका लागि जान लागेको विविसी हिन्दीले जनाएको छ । चीनका राष्ट्रपति शी दुई दिनको भ्रमणका लागि चीन आउनु भन्दा पहिले पाकिस्तानी प्रधानमन्त्री खान भ्रमणमा पुगेको विविसी हिन्दीले उल्लेख गरेको छ । विविसीका अनुसार शुक्रवार चीनका राष्ट्रपती शी जिनपिङ्ग भारत भ्रमणामा आउँदै छ । त्यस्तै शी नेपाल भ्रमणमा पनि आउँदै छन् ।
रेडियो पाकिस्तानलाई उल्लेख गर्दै विविसीले लेखेको छ पाकिस्तान प्रधानमन्त्री इमरान खानले राष्ट्रपति शी जिनपिङ्ग र प्रधानमन्त्री ली कोचियाङ्गसँग भेट्ने कार्यक्रा तय भएको छ । खानले उक्त भेटमा अर्वौ डलरको लगानी रहेको चाइना–पाकिस्तान इकोनोमिक कोरियोर परियोजनामा छलफल गर्ने छन् ।
खानले चीनसँग कश्मीरमाथि भारतले चालेको कदम बारेपनि छलफल गर्ने छन् । भारतले कश्मीरको विशेषाधिकार प्राप्त धारा ३७० खारेजपछि पहिलो पटक इमरान खान चीन भ्रमणमा जान लागेकाले यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ । खासगरी भारतले यसलाई महत्वका साथ हेरेको छ । कश्मीरको विशेषाधिकार खारेज गरेकोमा पाकिस्तान संगै चीनले पनि विरोध गरेको र भारत भ्रमणको मुखमा खानको भ्रमण हुन लागेकाले यसलाई भारतले गम्भीर रुपमा हेरेको हो ।
यसभन्दा पहिले पाकिस्तानी विदेशमन्त्री महमुद कुरैशी चीन भ्रमणमा पुगेका थिए । शी भारतमा शुक्रवार डेढ वजे पुग्ने कार्यक्रम रहेको छ । शी डेढ बजे चेन्नइमा उत्रने छन् । दोस्रो दिन राष्ट्रपति शी प्रधानमन्त्री मोदीसँग महाबलीपुरम पुगेर सांस्कृपितक कार्यक्रयमा सहभागी हुने कार्यक्रम रहेको विविसी हिन्दीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।