काठमाडौ– फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । ‘फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
फुटवल प्रतियोगिता गर्ने विषयमा दुई पक्षका विचमा विवाद हुदाँ एक राउण्ड गोली फायरिङ भएको पाइएको छ ’ प्रहरी नायब उपरीक्षक गिरीले भने ‘ फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ। ’ छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा नेपालीको महान् चाड दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ ।
वडा अध्यक्ष मिलन लामालाई लक्षित गोली प्रहार भएको प्रहरी जनाएको छ । लामामाथि गोली प्रहार भएपनि कुनै चोट भने लागेको छैन । दसैंको अवसरमा गाउँपालीकामा हुने फुटबल प्रतियोगीताको बिषयमा विबाद हुँदा मिलनकै आफन्त अनुप बुद्ध लामाले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लामा काभ्रे जिल्लाको रोशी गाँउपालीका वडा नं ११ का वडा अध्यक्ष हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।