काठमाडाै-अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । मृत्यु हुने र घाइतेको सनाखत भएको छैन ।
घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । जीपकाे ब्रेक नलाग्दा दुर्घटना भएकाे हुनसक्ने प्रारम्भिक अनुमान रहेकाे प्रहरीले जनाएकाे छ । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखांचीको सन्धिखर्क जांदै गरेको लु. १ ज ४३२९ नम्बर को स्कार्पियो जीप सन्धिखर्क नगरपालिका वडा नंं ६ घुम्ति नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परि ज्यान गुमाउनेमा एक महिला र दुईजना पुरुष रहेको रहेका छन्।
उनिहरुको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तिनसय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जीपका चालक कपिलवस्तु बुद्धभूमीका विरेन्द्र श्रेष्ठ पनि घाइते भएका छन् । अहिले दुर्घटनाका घाइतेहरुको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।