काठमाडौं– नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा नारायण विक्रम थापा विजयी भएका छन् । उनी २५ सय १० भोट ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी डा पुष्पमणि खरालले २४ सय ५८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा सतिश देवले १८ सय ९८ प्राप्त गरेका छन् । जम्मा ७ हजार ६८ मत खशेको थियो ।
सदस्यहरुमा डा कालुसिंह खत्री, डा सुनिलकुमार शाह बि, डा अंकुर शाह, डा कृष्ण खरेल, डा शिवजी पौडेल, डा विश्वराज दवाडी, डा खुश्वु प्रिया र डा मनोजमान श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु आगामी चार वर्षका लागि चुनिएका हुन् ।
डा कालुसिंह खत्रीले सबैभन्दा धेरै मत ३६ सय ४५ पाएका छन् भने कम मत ल्याएर निर्वाचित हुनेमा डा मनोजमान श्रेष्ठले १८८८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।