काठमाडौं- हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैंको मुख्य दिन आज मान्यजनहरुबाट टीका ग्रहण गरी आशिर्बाद लिने काम हुने छ।
आज विजयादशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्जन गरेपछि १०ः३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गरिनेछ।
बैद्धिक मन्त्र उच्चारण गरी मान्यजनको हातबाट टीका र जमरा लगाएपछि मनले चिताएको पुग्ने, सुख, शान्ति र सम्बृद्धि प्राप्त हुने बिस्वास परम्परादेखि रहिआएको छ।
आज नै श्रीतुलजाभवानी यात्रा बिहान १०ः४७ र स्थिरासन बिहान ११ः२१ मा खड्गयात्रा हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।