सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार शुभ साइतमा टीका ग्रहण गरेका छन् । मुख्यमन्त्री भट्टले ८३ वर्षिया आमा शारदा भट्टको हातबाट टिका र जमरा ग्रहण गरेका हुन् । आफ्नो जन्मभूमी डोटीको के आइ सिं गाउँपालिका स्थित फलेडीमा ८३ बर्षिय आमाबाट उनले टिका ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री भट्टले आफ्ना आफन्त परिवारजन तथा सचिवालयका कर्मचारीहरुलाई टिका जमरा लगाइिदएका थिए । मुख्यमन्त्री भट्टले नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा समस्थ प्रदेशवासीमा शुभकामना समेत दिए ।
यसैबिच, मुख्यमन्त्री भट्टले सडकको अनुगमन गरेका छन् । प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय मार्फत विनियोजित वजेट बाट निर्माणधिन डोटीस्थित फलेडी वगर धिर्कामाण्डौं सडकको अनुगमन गरेका हुन् ।
फलेडीको तिता पुंगेबाट करिव २२ करोडको लागतमा कालोपत्रे गर्ने गरि उक्त सडकमा काम भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।