कैलाली- कैलालीको धनगढीमा नवरात्राको १० औं दिन बडा दशैको अवसरमा रावणको बध गरिएको छ ।
तराईका जिल्लामा हरेक बर्ष रामलिला कार्यक्रम गरिदै आएको छ । दुर्गा पुजा सेवा समितिको आयोजनामा धनगढीको क्षेत्रीय रंगशालामा आयोजना घटस्थापनादेखि शुरु भएको रामलिला मंगलबार रावणको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बध गरेका हुन् । रामलिला हेर्न धनगढीमा भारतीय नागरिकहरु पनि आउने गरेका छन् । सत्यको विजय र असत्यको पराजय भएको मान्यता स्वरुप रामलिलालाई चित्रण गरिदैं आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।