आयरल्यान्डले दियो नेपाललाई १४६ रनको लक्ष्य 

नेपाल लाइभ | २०७६ असोज २२ बुधबार | Wednesday, October 09, 2019 १२:५८:०० मा प्रकाशित

काठमाडौं– आइरल्यान्डले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा आएरल्यान्डले रन बनायो। पाँच देश सम्मिलित टी–२० क्रिकेट शृङ्खलाको आफ्नो तेस्रो खेल  नेपालले आएरल्यान्डसँग खेलिरहेको छ।

दोस्रो ओभरमै सन्दिप लामिछानेले पहिलो विकेट लिएपनि दोस्रो विकेटका लागि  १२ औं ओभर कुर्नुपर्यो। दुई विकेट लिएका लामिछानेले चौथो बलमा करण केसीका हातबाट आयरल्यान्डका केभिन ओ ब्रेइनलाई करण केसीका हातबाट क्याचआउट गराए भने आफ्नो चौथो ओभरमा जीजे डिलानेलाई क्याप्टन पारस खड्काको हातबाट क्याचआउट गराए।

२८ बल खेलेर ३८ रन बनाएका ए बलब्रिनाइलाई ललित राजवंशीको बलमा विनोद भण्डारीले स्टम्पिङबाट आउट गरे। त्यसपछि राजवंशीकै बलमा दिपेन्द्र ऐरीले एचटी टेक्टरलाई एक रनमै रनआउट गरे।

निरन्तर चम्किरहेका करण केसीले एमआर अदिरलाई आफ्नै बलमा रनआउट गरे भने ४७ बलमा ५९ रन बनाएर आयरल्यान्डलाई फराकिलो स्कोरतर्फ अघि बढाइरहेका पिआर स्ट्रलिङलाई ऐरीको हातबाट क्याच गराएर रोके। केहीबेर धरमराएको आयरल्यान्डलाई स्ट्रट थम्पसनले सम्मानजनक स्कोरतर्फ अघि बढाउँदै ११ बलमा २१ रन जोडे।

आएरल्यान्डका  लागि स्ट्रट थम्पसन, स्ट्रलिङ र बलब्रिनाइबाहेकले दोहोरो अंक समेत जोड्न सकेनन्।

यसअघि भएका दुई खेलमा जित हात पारेको छ। हङकङ र नेदरल्यान्डसँग जित हात पार्दै ओमान र आएरल्यान्डसँग बराबर अंकसहित तेस्रो स्थानमा छ। आएरल्यान्ड तीन खेल खेलिसकेको छ। तीमध्य एक खेल हारेको छ। ओमान र नेपालले समान दुई खेल खेलेर जितेका छन्। आएरल्यान्डलाई हराएपछि नेपाल अंकतालिकाकको शिर्ष स्थानमा उक्लिनेछ। 
*तस्विर: क्रिकनेपाल