जनकपुर- सिरहामा मेलाको विषयमा विवाद उत्पन्न भइ भएको झडपमा १६ जना घाइते भएका छन्।
दुईपक्षीय झडपमा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १६ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर रहेका ९ जनालाई सिरहामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ । बाँकीको भने सिरहामै उपचार भइरहेको छ।
सिरहा नगरपालिका १२ सारस्वरमा दुई टोलवासीबीच झडप हुँदा १६ जना घाइते भएका छन् । दुई टोलवासी बीच धार्मिक विषयमा झडप हुँदा धारिलो हतियार प्रहार हुँदा चार महिलासहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ।
नवटा टोल र मेनटोलका स्थानीयबीच भएको झडपमा र अधिकांशको शरिरमा धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक उमा शंकर प्रसाद यादवले बताए।
झडप हुँदा दुवैपक्षले घरासयी हतियार भाला, वरसी जस्ता धारिलो हतियार प्रहार गरेको स्थानीय नुर आलमले बताए । विवादलाई साम्य बनाउन प्रहरीले दुवै टोलका स्स्थानीयलाई नियन्त्रण लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेला हेर्न गएको बेला विवाद भएको थियो । त्यही विषयमा उत्पन्न विवादले झडपको रुपमा लिएको स्थानीयहरूले बताए । उनीहरूका अनुसार छलफलको माध्यमबाट विवाद सल्ट्याउने सहमति भएको थियो । तर, तरकारी बेच्न गइ रहेका बिपतिया राईनमाथि कुटपिट भएपछि पुन: झडप बढेको हो।
उक्त टोलमा(सारस्वरमा) ५ -६ वर्ष पहिले पनि हिन्दु र मुस्लिम समुदायवीच ठूलो विवाद भएको थियो । साउने सोमबारको दिन हिन्दु महिलालाई मुस्लिम समुदायका युवाहरुले अभद्र व्यवहार गरेको भन्दै विवाद भएको थियो । उक्त विवादले ठूलो रुप लिएपछि राजनीतिक दल, नागरिक अगुवा र प्रहरीले झगडा नियन्त्रणमा लिन सफल भएको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।