९८ हजार नगदसहित जुवाडे पक्राउ

रासस | २०७६ असोज २३ बिहीबार | Thursday, October 10, 2019 ०७:४३:०० मा प्रकाशित

काठमाडौं- प्रहरीले रु ९८ हजारसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट रु ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक  शिवबहादुर सिंहले जानकारी दिए।