धनगढी- भजनी नगरपालिकाको चार वडा जोड्ने पुल १० वर्ष पुग्नै लाग्दा समेत सम्पन्न हुन सकेको छैन। हुलाकी सडक अन्र्तगत २०६६ सालमा ठेक्का भई सम्झौता भएको १० वर्ष पुग्नै लाग्दा समेत आधा पनि काम पूरा नभएको जनाइएको छ।
भजनी नगरपालिका वडा नम्बर ३, ४, ५ र ८ स्थित १ सय ६६ घरधुरीका जनताले कान्द्रा नदीमा पुल नहुँदा ओहोरदोहोरका लागि समस्या भोगिरहेका हुन्। हरेकसँग स्थानीयको एउटै जिज्ञासा व्यक्त गर्छन्, ‘यो पुलको काम कहिले सकिन्छ र हामीले सहजै रुपमा आवतजावत गर्न पाउँछौं।’
भजनी नगरपालिका-३ का मानबहादुर चुनाराले भने, ‘हरेक वर्ष ठेकेदारले यही वर्ष सम्पन्न गर्छु भनेर आश्वासन दिन्छ। तर, निर्माण कार्य द्रुत गतिमा अघि बढाउँदैन।’
दुई वर्षको ठेक्का लिएर काम सुरु गरेको लामा शेर्पा जेभीले सडक विभागबाट पटक–पटक म्याद थप गरे पनि पुल निर्माण कार्य पूरा गर्न कुनै ध्यान नदिएको स्थानीयहरूको आरोप छ। नदीमा पुल नहु“दा वडा नम्बर ५ का बासिन्दा सामान्य सेवाबाट समेत वञ्चित भएका छन्। वर्षायाममा नदीमा डुंगा समेत चल्न नसक्ने भएबाट स्थानीयले झन् सास्ती भोग्नु परिरहेको छ।
स्थानीय मानबहादुर साउँदले भने, ‘निर्माण सम्झौता भएको १० वर्ष बित्दासम्म सम्बन्धित निकायले अनुगमन समेत गरेको छैन।’ उनले नदीमा पुल नहु“दा सबभन्दा बढी विद्यार्थी, अशक्त, वृद्धवृद्धा, महिलाले बढी सास्ती भोगिरहेको बताए। उनका अनुसार वर्षातको तीन महिनासम्म विद्यार्थीले पठनपाठनबाट वञ्चित हुनुपरेको छ। बिरामीले स्वास्थ्य उपचार सेवा पाउन नसक्ने अवस्था हुने गरेको छ।
वडा नम्बर ५ को सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका मानबहादुर साउ“दले भने, ‘वर्षातको समयमा विद्यालयमा पढाउन जान समस्या हुने गरेको छ।’ उनका अनुसार वर्षात भइरहेको समयमा नदीमा डुंगा नचल्ने र नदी पनि ठूलो भएका कारण पार गर्न सकिँदैन।
उनले स्थानीय जनप्रतिनिधि लगायत राजनीतिक दलका नेताहरूलाई पटक–पटक समस्या राखेपनि हालसम्म कसैले सुनुवाई नगरेको गुनासो गरे।
ठेक्का पाएको निर्माण कम्पनीले भने आयोजनालेनै ठेक्का सम्झौता भएपश्चात् डिजाइन परिवर्तन गरेकाले समयमा निर्माण सम्पन्न गर्न नसकेको दाबी गरेको छ। निर्माण कम्पनीका सब इञ्जिनियर राधेश्याम शर्माका अनुसार ३५ प्रतिशत पुलको काम भइसकेको र एक वर्षभित्र सबै काम सम्पन्न गरिने छ।
विविध कारणले दुई/चार महिना म्याद थप्नु सामान्य रहे पनि म्याद थपेको १० वर्ष पूरा हुँदासम्म पुल निर्माणको काम ३५ प्रतिशत पनि नहुनुमा निर्माण कम्पनीस“गै सम्बन्धित निकायको ठूलो कमजोरी रहेको स्थानीयको गुनासो छ।
हुलाकी सडक आयोजना अन्तर्गत तीन करोड ४५ लाख २० हजारको लागतमा २०६६ साल जेठ ३१ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको लामा शेर्पा जेभीले सम्झौता मिति सम्पन्न गर्दासम्म कामको सुरुवातनै नगरेको स्थानीयले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।