काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनफिङ भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका पूर्वप्रधानमन्त्रीलाई बालुवाटार बोलाएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण तालिका सार्वजनिक भएसँगै ओलीले छलफलको लागि पूर्वप्रधानमन्त्रीलाई बोलाएको जानकारी उनका प्रेस संयोजक चेतन अधिकारीले दिएका छन्। चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणबारे नेपालको रणनीतिक मुद्दाहरुको तयारी कस्तो हुनुपर्ला भन्दै सल्लाह गर्न प्रम ओलीले यो बैठक डाकेका हुन्।
छलफल गर्न नौ बजे बालुवाटारमा बोलाइएको छ। यो समाचार तयार पारुन्जेल अधिकांश पूर्वप्रधानमन्त्रीहरु बालुवाटार पुगिसकेका छन्। छलफलका लागि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायतलाई बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।