काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि टाँगिएको ब्यानर च्यात्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई ब्यानर च्यातेको केही समयपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुको परिचय भने खुलाइएको छैन। प्रकाउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
शनिबार नेपाल आउन लागेका राष्ट्रपति सिको स्वागतका लागि केही दिनअघिबाट सरकारले भब्य तयारी थालेको छ भने सुरक्षा व्यवस्था कडा पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।