काठमाडौं- पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टिम ओमनविरुद्ध खेल्दैछ।
आज सवा तीन बजे दिउँसो सुरु हुने यो खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुनेछ। ओमान यो प्रतियोगिताका तीन खेलमध्ये तीनै खेलमा जितेर बलियो टीम बनेर उपस्थित भएको छ। नेपाल भने तीन खेलमध्ये दुईमा मात्र जित हात पारेको छ। त्यसैले पनि यो खेल नेपालका लागि महत्वपूर्ण रहेको क्रिकेटका जानकारहरुले बताएका छन्।
जारी प्रतियोगितामा ओमानले नेपाललाई पराजित गरेर सिरिजको उपाधी लिन चाहन्छ भने तालिकाको दोस्राे स्थानमा रहेकाे नेपालले ओमनलाई पराजित गर्न चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।