चीनसँग सुपुर्दगी सन्धी नहुने

नेपाल लाइभ | २०७६ असोज २३ बिहीबार | Thursday, October 10, 2019 १३:२३:०० मा प्रकाशित

काठमाडौं– चीनसँग सुपुर्दगी सन्धी नहुने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको उक्त सन्धीमा हस्ताक्षर गर्ने भनिएपनि पूर्व प्रधानमन्त्रीहरुले हतार नगर्न सुझाएपछि रोकिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुसँग भएको बैठकमा सन्धिको विषयमा छलफल चलेको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले उक्त सन्धी नहुने जानकारी दिएका छन्।

उनले भने, 'यस विषयमा थप अध्ययन र छलफल गर्न जरुरी रहेको  छ। त्यसैले नेपालको हितमा हुने यकिन गरी अन्य कुनै समयमा गर्न  सुझाव दिइएको छ।'

विपक्षी दलका नेता  पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संवदेनशील विषय भएकाले अन्य देशलाई समेत विश्वासमा लिएर अघि बढ्न सुझाएका थिए। उनले भारत र पश्चिमा देशहरुको पनि चासो रहेको विषयमा हतारमा सम्झौता गर्न नहुने बताए।

पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदूत तथा चीन ममिलाका जानकारहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श बैठक गरेका हुन्।