काठमाडौं- संसद सचिवालयकी एक महिलामाथि बलात्कार प्रयासको अरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।
महानगरिय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराको स्वसप्रस्वासमा समस्या आएपछि नर्भिकमा भर्ना गरिएको हो। उनलाई उच्च रक्तचाप र मधुमहेको समस्या छ। हिरासतमा नै रहँदा स्वासप्रस्वासमा समस्या आएपछि प्रहरीले हिरासतमै अक्सिजनको व्यवस्था गरेको थियो। तर, समस्या बढ्दै गएपछि अस्पताल भर्ना गर्नुपरेको प्रहरीले जनाएको छ। नर्भिक अस्पतालले भने उनको स्वास्थ्य जाँच भइरहेको भन्दै थप जानकारी दिएको छैन।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको हो। प्रहरीले महरा निवासमा बाक्लो उपस्थिति जनाउँदै नियन्त्रणमा लिएको छ। महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा नियन्त्रणमा परेका हुन्। असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत् बोलेकी थिइन्। तर, मंगलबार भने पुनः शाहीले महरा आफ्नो बाबु समान रहेको र आफूँ माथि बलात्कारको प्रयास नआएको भन्दै बोलि परिर्वतन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।