सिन्धुपाल्चोक बस दुर्घटना : १० जना मृतक र ५८ घाइतेको परिचय खुल्यो [नामावलीसहित]

नेपाल लाइभ | २०७६ असोज २४ शुक्रबार | Friday, October 11, 2019 १४:१८:०० मा प्रकाशित

काठमाडौं- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा भएको बस दुर्घटनामा परि मृत्यु भएका १० जना र घाइते भएका ५८ जनाको परिचय खुलेको छ। घाइतेहरुको काठमाडौंस्थित ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताल तथा धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। मृतक एक जनाको भने हालसम्म सनाखत हुन सकेको छैन। 

नेपाली सेनाको 'एमआई-१७' हेलिकोप्टरबाट १३ जना र निजी वायुसेवा प्रदायक कम्पनीको अर्को एक हेलिकोप्टरमार्फत १० जनालाई उपचारका लागि काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

 

घटनास्थलमा घाइते यात्रुको संख्या धेरै भएकोले उनीहहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका-९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी छन्। महाजु बसका चालकसमेत हुन्।

त्यस्तै जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कुटी, सुभास अधिकारी र मिना मगरको पनि मृत्यु भएको बताइएको छ।

इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो।

बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। बसमा सवार अधिकांश यात्रु दसैं मनाएर काठमाडौं फर्किंदै गरेका थिए।

मृतक तथा घाइतेहरुको नामावलीः