काठमाडाै-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबिच तमिलनाडूको महाबलीपुरम (माममल्लपुरम) मा अनौपचारिक भेटवार्ता भएको छ । दुई दिन भ्रमणका लागि चीन पुगेका राष्ट्रपति सी चेन्नाई हुदै उक्त स्थानमा पुगेका हुन ।
भेटपछि दुवै नेताले शोर टेम्पलमा भएको नृत्यको साथै हेरेका थिए । भेटमा विदेश मन्त्री एस जयशंकर प्रसाद तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल पनि रहेका छन् ।
मोदीले चिनियाँ राष्ट्रपति सी लाई १६.५ वर्ग किलोमिटरमा फैलिएको विश्व सम्पदा सूचिमा रहेको प्राचीन स्थलमा घुमाएका छन् । त्यहाँ भन्दा पहिला दुबै नेता अर्जुन तपस्यास्थल पुगेका थिए । त्यसपछि कृष्णा बटलरवाल, पञ्च रथ तथा शोर टेम्पल उनीहरु संगै पुगेका हुन् । मोदीले आफ्ना समकक्षी सीलाई प्राचीन स्थलका बारेमा जानकारी गराएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । मोदी र सी ले एकअर्काको हात समातेर तस्बिर पनि खिचाए । मोदी र सी ले त्यहाँ नरिवलको पानी पनि संगै पिएका थिए। सी भारत भ्रमण समाप्त गर्दै शनिवार नेपाल आउँदै छन् । नेपाल आउनुअघि उनी भारतको भ्रमणमा पुगेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।