मुम्बई- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही अक्टोबर १३ देखि १८ सम्म महाराष्ट्र क्षेत्रमा चुनावी प्रचारप्रसारमा लाग्ने भएका छन्।
आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवारहरुलाई विजयी गराउन उनले चुनावी अभियानमा सहभागिता जनाउन लागेका हुन्।
मुम्बईमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री तथा भाजपा नेतृ स्मृती इरानीले प्रधानमन्त्री मोदीको महाराष्ट्र भ्रमणका बारेमा जानकारी दिएकी हुन्। पार्टीका नेता कार्यकर्ताहरुलाई मार्गनिर्देश गर्न र उम्मेदवारहरूको पक्षमा आह्वान गर्न मोदी झण्डै एक हप्ता महाराष्ट्रमा रहने उनले बताइन्।
प्रधानमन्त्री मोदीले अक्टोबर १३ का दिन जाल्गौन र साकोलीमा आयोजना गरिने चुनावी र्यालीमा सहभागिता जनाउनेछन्।
त्यसैगरी उनले अक्टोबर १६ का दिन अकोला, पन्भेल र पार्टुरमा आयोजना गरिने तीन कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको इरानीले बताइन्। उनका अनुसार अक्टोबर १७ मा भने मोदीले पुने, सतरा र वोर्लीमा हुने सार्वजनिक र्यालीमा सहभागिता जनाउनुहुनेछ।
अभियानको अन्तिम दिन अक्टोबर १८ तारिखमा प्रधानन्त्री मोदीले मुम्बईमा राहत तथा सहयोगका विभिन्न कार्यक्रमहरु पनि घोषणा गर्नछन्।
भारतको महाराष्ट्र राज्यमा यही अक्टोबर २४ का दिन निर्वाचन तय भएको छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।