काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सी चिनफिङको अनौपचारिक भेटघाट सम्पन्न गरेर शनिबार नेपालका लागि प्रस्थान गरेका छन्।
यसअघि बंगालको खाडीको तटहमा मोदी र सी वान टु वान कुराकानी गरेका थिए। मोदीसँग विदेशमन्त्री एस जयशंकर प्रसाद र सुरक्षा सल्लाहाकार अजित डोभल समेतसंगै रहेका थिए।
दुवै पक्षको भेटको शुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले चीनले स्वतन्त्रताको ७०औं वर्षगाँठ भव्य रुपमा मनाउन सफल भएको भन्दै बधाई दिए।
‘२१ औं शताब्दीमा भारत र चीन साथ-साथ नयाँ उचाईको हासिल गरिरहेको छ,’ लगत्तै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘हामी आपसी मतभेद अन्त्य गर्नेछौं भन्नेमा विश्वास गरेका छौं। अब कुनै विवाद उत्पन्न हुन दिने छैनौं। अहिले हामी यही बाटोमा अघि बढिरहेका छौ।’
उनले चेन्नई कनेक्टका माध्यमबाट दुई देशका बीचमा सहयोगको एक नयाँ यात्रा समेत शुरु भएको बताए। चेन्नई समिटमा विश्वव्यापी र दुइपक्षको मुद्दामा कुराकानी भएको पनि स्मरण गराए।
‘पछिल्लो वर्ष बुहानसँगको भेटपछि हाम्रो सम्बन्ध अझ प्रगाढ भएको छ,’ उनले भने, ‘यो भेटपछि सम्बन्धले नयाँ स्थिरता र नयाँ गति पाएको छ साथै दुई देशका बीचमा रणनीतिक सञ्चारको गति पनि बढेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।