काठमाडौं- चीनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा सरकारी कर्मचारी र सर्वसाधरण लाइनमा बसेका छन्।
लामबद्ध भएर बसेका सरकारी कर्मचारीहरुले हातमा फुलको गुच्छा छ। सरकारले सरकारी कर्मचारीहरुलाई स्वागतमा उपस्थित हुने निर्देशन गरेको थियो।
२३ वर्षभरि चिनियाँ उच्च नेतृत्व नेपाल भ्रमणमा आउन लागेकाले यसलाई विशेष महत्वका साथमा नेपालले लिएको छ। शक्तिशाली राष्ट्रपति सीको भ्रमणले नेपालको चर्चा अन्तराष्ट्रिय क्षेत्रमा हुने अनुमान गरिएको छ।
सीको रुट पर्ने क्षेत्रमा मानीशहरु स्वागतका लागि फुल लिएर उभिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।