काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षामा खटिएको प्रहरीले बबरमहलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल टेलिकम अघिबाट एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो।
उनीहरुको गतिविधि शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ।
सीको नेपाल भ्रमणलाई लिएर सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।