काठमाडौं– प्रहरीलाई देखेपछि मोटरसाइकल छाडेर एकजना फरार भएका छन्। एक जनालाई भने लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीका २० वर्षीय जितेन्द्र पासवान छन्।
प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल १४ नम्बर गुल्म हेडक्वाटर पर्साबाट खटिएको संयुक्त टोलीले पासवानलाई शनिबार साँझ पक्राउ गरेको हो वीरगञ्ज भन्सारको मुल गेट अगाडि जाँच गर्ने क्रममा पासवानको साथबाट लागु औषध फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट २ सय एम्पुल डाइजेपाम, नुफिर्न २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको हो।
त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले लागु औषध र एक मोटरसाइकल बरामद गरेको छ।
वीरगञ्ज–१५ सिर्सिया सडकमा जाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको ना ११ प ३१८० नम्बरको मोटरसाइकल चाकल मोटरसाइकल छाडेर फरार भएका थिए। मोटरसाइकलमा झुण्डाएर राखेको कालो प्लाष्टिकमा राखेको लागु औषध नाइट्रोभेट ट्याबलेट ६ सय पिस र वनरेक्स लागु औषध २९ बोतल र मोटरसाकइकल बरामद गरेको हो।
मोटरसाइकल छाडेर भाग्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।