काठमाडौं- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हान्दा मृत्यु भएको छ।
आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हान्दा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन्।
तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।