लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गरेकी छिन्। उक्त कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ।
कार्यक्रममा महारानी एलिजावेथ द्वितीयले संसद्लाई सम्बोधन गर्दै सरकारले प्राथमिकतामा राखेका युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट), फौजदारी दण्ड र सजाय तथा वातावरणसम्बन्धी विषयसमेत विभिन्न २६ वटा कार्यसूची घोषणा गरे।
बेलायतमा सन् २०१६ मा भएको जनमत सङ्ग्रहमा बहिर्गमनका लागि बहुमत आएको भए पनि ब्रेक्जिटका लागि पूर्व प्रधानमन्त्री थेरेसा मे र हालका प्रधानमन्त्री बोरिस जोनसनले गरेका प्रस्ताव बेलायती संसद्मा अनुमोदन हुन सकेका छैनन्।
'मेरो सरकारले संयुक्त अधिराज्यलाई इयूबाट अक्टोबर ३१ मा नै बर्हिगमन गराउनका लागि सधैँ उच्च प्राथमिकता राखेको छ,' ९३ वर्षीय महारानी एलिजावेथले भव्य तथा शानदार गद्दीबाट सरकारी अधिकारीहरूले तयार पारेका शब्दहरूद्वारा संसद्मा सम्बोधनका क्रममा बताइन्, 'मेरो सरकारले युरोपेली संघसँग भविष्यका लागि स्वतन्त्र व्यापार र मैत्रीपूर्ण नयाँ साझेदारीका कार्यहरू गर्न चाहिरहेको छ।'
इयुबाट बहिर्गमन सहमतिका लागि बनेका नीतिहरू बेलायती कानुन अनुकूल प्रधानमन्त्री जोनसनले बहिर्गमनपूर्व ब्रसेल्ससँग यही महिनाको अन्त्यसम्ममा सहमति गर्न गरिएको प्रयास अनुरूप तयार भएका छन्।
बेलायती कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोनसनले ब्रेक्जिट कुनै पनि हालतमा यही महिनामा हुनुपर्ने दोहोराउँदै आएका छन्।
यदि जोनसनले इयुसँग आगामी बिहीबार सम्झौता गर्न सफल नभएमा सम्झौताहीन अवस्थामा बहिर्गमन भएर राजनीतिक सङ्कट आउन नदिनभन्दा थप केही समयका लागि प्रक्रियालाई लम्ब्याउने अनुमति लिने अनुमान विश्लेषकहरूले गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।