काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका रौतहट क्षेत्र नम्बर २ का सांसद अफताब आलमको पक्राउप्रति कांग्रेसले मुख खोलेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार साँझ ट्विट गर्दै भने, ‘अनुसन्धानमार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनु पर्छ।’ अफताब आलम पक्राउको घटनाका सम्बन्धमा पार्टीको केन्द्रीय नीतिको लागू गर्न/गराउन उनले जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन्।
शर्माले निर्दोष कहिल्यै पनि दण्डित हुन नहुने र दोषीले उन्मुक्ति पाउन नहुने बताए।
पात्र र परस्थिति हेरेर कांग्रेसको धारणा निर्माण नहुने कांग्रेस नेता गगन थापाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।