काठमाडौं- विश्वकप २०२० तथा एसियन कप २०२३ छनोटको समूह ‘बी’अन्तर्गत मंगलबार नेपालले जोर्डनको सामना गर्दैछ।
जोर्डनको घरेलु मैदान अमान रङ्गशालामा नेपालले समूह चरणको चौंथो खेल खेल्ने भएको हो।
खेल नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा हुनेछ।
यसअघि भएको समूह चरणको ३ खेलमा नेपालले दुई हार र एक जित निकालेको छ।
नेपालले छनोट चरणमा दोस्रो जितको खोजीमा रहेको छ।
यसअघि नेपालले चिनियाँ ताइपेइसँग २-० जित निकालेको थियो भने कुवेतसँग ७-० र अष्ट्रेलियासँग ५-० को हार व्यहोरिसकेको छ।
आजको खेलपछि भने बाँकी ४ वटै खेल नेपालले घरेलु मैदानमा खेल्ने छ।
घरेलु मैदानको छनोट खेल मंसिर ३ गते कुवेतसँग खेल्ने छ।
(नोट : यसअघि प्रकाशित समाचारमा फोटो अन्यथा पर्न गएकाले सच्याइएको छ-सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।