बेइजिङ- बेइजिङले अमेरिकी कृषि उत्पादन खरिदलाई वृद्धि गरिसकेको र यसलाई अझ बढाउँदै लैजाने चीनको विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्।
स्थानीय बजारको माग र चिनियाँ कम्पनीहरूको आफ्नै पहलमा उनीहरूले अमेरिकी कृषि सामग्रीहरूको खरिद गरेको र यो बजार केन्द्रित अवधारणा अनुसार गरिएको हो,' प्रवक्ता केङ सुआङले नियमित पत्रकार भेटघाटमा बताए।
यो वर्ष दुई करोड टन भटमास, सात लाख टन सुगुरको मासु, सात लाख टन ‘सोरघम’ दुई लाख ३० हजार टन गहुँ र दुई लाख २० हजार टन कपास अमेरिकाबाट चीन भित्रिएको केङले बताए। उनले आगामी दिनमा चीनले अमेरिकी खाद्यान्नजन्य कृषि उत्पादनको आयातलाई बढाउँदै जाने पनि स्पष्ट पारे। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।