काठमाडौं- मिलन पाण्डे विवेकशील नेपाली दलको अध्यक्षमा निर्वाचित भएका छन्। विवेकशीलको जनकपुरमा मंगलबारदेखि सुरू भएको राष्ट्रिय सम्मेलनका क्रममा अध्यक्षका प्रत्यासी शिव थापालाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै पार्टीङ्को महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन्। जनकपुर सम्मेलनबाट २२ सदस्यीय समिति चयन हुने भए पनि विवेकशीलको कार्यसमिति भने ९९ सदस्यीय रहनेछ।
प्रदेश निर्वाचन पछि हुने भएकाले केन्द्रीय सदस्यको सूचीले पूर्णता नपाएको हो। सात प्रदेशबाट पाँच जनाका दरले केन्द्रीय सदस्य चुनिने व्यवस्था छ।
निर्वाचनमा 'नो भोट'को समेत व्यवस्था गरिएको थियो।
सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।