काठमाडौं– ठगी मुद्दामा सजाय सुनाइएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको साविक गौरीशंकर गाविस–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीय पेम्बा दोर्जे शेर्पा छन्।
शेर्पालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सोमबार महाराजगञ्जबाट पक्राउ गरेको हो।
ताम्टिंग शेर्पाले उनीविरुद्ध ठगी कसुरमा मुद्दा हालेका थिए। उनलाई सर्वोच्च अदालतले १ वर्ष कैद र ११ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
पक्राउ परेका शेर्पालाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।