काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका लागि प्रस्थान गरेकी छिन्।
म्यानमारका राष्ट्रपति वीन मिन्टको निमन्त्रणामा ४ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार ११ः४० मा नेपाल एयरलाइन्सको विमानबाट रंगुन प्रस्थान गरेकी हुन्।
राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद्का सदस्यहरु, नेकपाका नेताहरु, विभिन्न कूटनितिक नियोगका प्रतिनिधहरु लगायतको उपस्थिति रहेको थियो।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्ट, स्टेट काउन्सिलर आङसाङ सुकीसँग भेटवार्ता गर्नेछिन्।
यसअघि राष्ट्रपति भण्डारीले शीलत निवासदेखि विमानस्थलसम्म पुग्न हेलिकोप्टरको प्रयोग गरेकी थिइन्। सो क्रममा भण्डारीले नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि खरिद गरेको हेलिकोप्टर प्रयोग गरेकी हुन्।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी श्रीधर गौतमका अनुसार विमानस्थल पुग्न राष्ट्रपतिले हेलिकोप्टर प्रयोग गरेको यो पहिलोपटक भने होइन। उनले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर राष्ट्रपतिले हेलिकोप्टर प्रयोग गरेको बताए।
बिदाइका तस्बिरहरुः
(सबै तस्बिर- रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।