फाइल तस्बिर
हेटौंडा- प्रदेश ३ को लोकसेवा आयोग विधेयक प्रमाणीकरण भएको छ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई बुधबार प्रमाणीकरण गरेकी हुन्।
प्रमाणीकरण भएको विधेयक केही साताअघि प्रदेशसभाबाट पारित भएको थियो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिफारिस भई आएको विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख सचिवालय कानून महाशाखाका प्रमुख अधिकृत राजेश तामाङले बताए।
विधेयक प्रमाणीकरण भएसँग अब प्रदेश ३ मा प्रादेशिक लोकसेवा आयोगबाट कर्मचारी नियुक्ति गर्ने बाटो खुलेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।