काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रमलाई राजपाले बहिष्कार गरेको छ।
संविधान संशोधनको माग उठाउँदै आएको राजपाले नेकपाको चियापान बहिस्कार गरेको हो।
दसैं तिहारलगायत चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न नेकपाले चियापाको आयोजना गरेको थियो। कार्यक्रममा निमन्त्रणा गरे पनि राजपाका कुनै नेता कार्यकर्ता उपस्थित थिएनन्।
तर, कांग्रेसको चियापानमा राजपा महन्थ ठाकुर सहभागी थिए।
एक लाखलाई निम्तो, १९ हजारले परिकार खाए
कार्यक्रममा एक लाख मानिसलाई निम्तो दिइएको भएपनि १९ हजार मात्र सहभागी भएका छन्।
अर्पण क्याटरिङले तयार गरेको खाजा दुई भागमा विभाजन गरिएको थियो। विशिष्ठ पाहुनाका लागि २ हजार प्लेट र अन्य २० हजार अर्डर गरिएको थियो।
पार्टीले गरेको अर्डर अनुसार मानिसहरू चियापानमा सहभागी भएकाले सबैलाई पुगेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।