काठमाडौं- जिटिभीको लोकप्रिय शो ‘सुभान अल्लाह’को लिड एक्टर्स ईशा सिंह(जारा) शोबाटै बाहिरिएकी छन्।
शो मा उनको र अदनान खानको केमिस्ट्री दर्शकले निकै मन पराएका थिए। बलिउड सञ्चारमाध्यमका अनुसार आउने एपिसोडमा जाराको मृत्यु भएको देखाइने छ।
ईशाले नयाँ फिल्ममा अवसर पाएकी थिइन्। उनले उक्त अफरको पूरा गर्नको लागि शोलाई केही दिनको लागि छोड्न चाहेकी थिइन्। फिल्मको सुटिङ सकिए लगत्तै उनी पुनः शो को सुटिङमा फर्कन चाहन्थिन्। तर, निर्देशक जाराको यस प्रस्तावमा सहमत भएनन्।
यसकारण उनले फिल्मको अफर नै गुमाइन्। यसपछि प्रोडक्सन हाउस र ईशाबीच विवाद भएको थियो।
यही विवादका कारण ईशा शोबाट बाहिरिएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।