सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा रहेको ‘मेलम्ची सामुदायिक रेडियो ’ को दुई तले भवन दाताहरुको सहयोगको भरमा ठडिने भएको छ । करिब ६५ लाख लागतमा बन्ने रेडियोको बहुउद्देश्यीय भवन निर्माणका लागि हालसम्म ९४ जनाबाट ८ लाख ५५ हजार ९७४ रुपियाँ व्यक्तिगत सहयोग उठेको रेडियो सञ्चालक समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए । अन्य ९८ जनाले सयोगको प्रतिबद्धता जनाएको उनको भनाई छ ।
समुदायको हितमा कार्य गर्ने उद्देश्यले समुदायकै व्यक्तिको सहयोगमा रेडियोको भवन निर्माण गर्न लागिएको भारतीले बताए । हालसम्म भवन निर्माणका लागि सवैभन्दा धेरै मेलम्ची नगरपालिका १२, बाँसबारीका ठाकुरप्रसाद धितालले गरेका छन् । उनले १ लाख ४ हजार १९६ रुपियाँ सहयोग गरेका छन् । टिकाप्रसाद धितालले १ लाख १ हजार १ सय ११ राजु रायमाझीले ४० हजार , गणेशविक्रम सिलवालले ३० हजार ३० र शिवराम भट्टराईले ३० हजार सहयोग गरेका छन् ।
२५ हजार भरत विष्ट, उद्धव अधिकारी, आइतमान तामाङ २५ हजार सहयोग गरेको भारतीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।