काठमाडौं– बाराको कलैया उपमहानगरपालिका–१२ सितलपुरका मनेजर साह कानूको हत्या आरोपमा पक्राउ परेका २ जना कारागार चलान भएका छन्।
कानूको हत्या आरोपमा असोज १९ गते जिल्ला प्रहरी कार्यालय बाराले सोही ठाउँका हरिशंकर साह कानू र गौरीशंकर प्रसाद साह कानूलाई पक्राउ गरेको थियो।
उनीहरुलाई जिल्ला अदालत बाराले पुपक्र्षमा थुनामा पठाउने निर्णय गरेसँगै वीरगञ्ज कारागार पठाइएको प्रहरीले जनाएको छ।
उनीहरुले मनेजर साहलाई गत वर्षको जेठ २३ गते बेलुका साढे ७ बजे खेतमा पानी लगाइरहेको बेला कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए। पैसाको विषयमा विवाद भएपछि मेनेजर साहमाथि कुटपिट भएको थियो।
कुटपिटबाट गम्भीर घाइते भएका मनेजर साहको गत वर्षको असार २४ उपचारको क्रममा न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मुत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।