माओवादी युद्धमा मारिएका अधिराजकुमार शर्माको परिवारलाई १० लाख दिनेसहित सरकारले गर्‍यो ११ निर्णय

नेपाल लाइभ | २०७६ असोज ३० बिहीबार | Thursday, October 17, 2019 १७:२८:०० मा प्रकाशित

काठमाडौं– सरकारले माओवादी युद्धका एक मृतकका परिवार र जनआन्दोनलनकी एक घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

असोज ३० को मन्त्रिपरिषद्‌को बैठकले माओवादी सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगन्जक-२ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो। यसैगरी जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका-४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने भएको छ।

 यी हुन् सरकारले गरेका ११ निर्णय