नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ असोज ३० बिहीबार | Thursday, October 17, 2019 १९:३९:०० मा प्रकाशित

काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) विप्लव नेकपाको बैठकस्थलमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ नेताकार्यकर्ता पक्राउ। (विप्लवका २१ नेताकार्यकर्ता पक्राउ)

२) प्रतिनिधिसभाको रिक्त सभामुख पद पाउनुपर्ने कांग्रेसको तर्क, संविधानमै प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख रहेको पूर्वमन्त्री बस्नेतको दावी। (सभामुख पदमा कांग्रेसको दाबी) 

३) सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरलाई विश्व स्तरको बनाउने स्वास्थ्य राज्यमन्त्रीको प्रतिवद्धता । (सातै प्रदेशमा अब ट्रमा सेन्टर) 

४) वुमन्स च्याम्पियन्स लिगमा क्वाट क्विन्स काठमाडौंको पहिलो जित, पोखरा पल्टन ८२ रनले पराजित ।
(काठमाडौंको पहिलो जित)

५) र, बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटका लागि नयाँ सम्झौता, बेलायती संसद्ले शनिबारसम्म ब्रेक्जिटबारे निर्णय लिनुपर्ने। (ब्रेक्जिटका लागि नयाँ सम्झौता)