काठमाडौं– हाल छायांकन भइरहेको विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’को सुटिङ सेटमा स्कुटर दुर्घटना भएको छ। दुर्घटनामा परेर सहायक प्रोडक्सन म्यानेजन बिदुर मानन्धर घाइते भएका छन्। घाइते मानन्धरको दाइने खुट्टाको घुडामा गम्भिर चोट लागेर हड्डीमा समस्या देखापरेको छ।
फिल्म थानकोटमा सुटिङ भइरहको छ। सुटिङस्थल नजिकै रहेको सडकको खाल्डोमा परेर दुर्घटना भएको फिल्म युनिटले जनाएको छ। घाइत मानन्धरको हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार उपचार भइरहेको छ। दुर्घटनाबाट मानन्धरको हड्डी फुटेकाले डाक्टरले अप्रेसन गर्नुपर्ने बताएको छ। मंगलबार अप्रेसन गरेपछि कम्तिमा ७ हप्ता बेड रेष्ट गर्नुपर्ने बताइएको छ।
निर्माण पक्षले छायाँकनको क्रममा भएको मानन्धरको दुर्घटनाको सम्पुर्ण उपचार र्खा आफैले ब्योहोर्ने जनाएको छ। दसैंैं लगत्तै दोस्रो सेड्युलको छायाँकन थालेको यो फिल्मको यतिबेला राजधानीका बिभिन्न स्थानमा छायाँकन जारी छ।
दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको यो फिल्मलाई ड्रामा प्लस कमेडी भनिएको छ। ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्ने बताइएको छ। फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन्।
फिल्मको शिर्ष भूमिकामा विपिन छन्। विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, गीता अधिकारी, राजेश बिसुराल, अमितेश शाहलगायतका कलाकारको समेत फिल्ममा अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी बिशेष भुमिकामा देखिनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।